बेनेलीले सार्वजनिक गर्यो तीन नयाँ उत्पादन, मूल्य रू. २ लाख देखि ५ लाखसम्म |

काठमाडौं । अन्तरराष्टिय मोटरसाइकल ब्राण्ड बेनेलीको आधिकारिक वितरक केटीएम इण्टरनेशनलले एकै पटक तीनवटा नयाँ मोडलका मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बेनेली १५० सीसीको टीएनटी १५, १५० सीसीको टीएनटी १५० आई र २५० सीसीको बीएन २५१ सार्वजनिक गरेको हो ।
कम्पनीका १३५ देखि ६०० सीसीसम्मका विभिन्न मोटरसाइकलहरू बजारमा उपलब्ध छन् । सार्वजनिक भएका नयाँ मोटरसाइकल नेपाली बाइकपारखीहरूका लागि फाइदाजनक र प्रतिस्पर्धी हुने कम्पनीको दाबी छ ।

बेनेली १५० सीसीको टीएनटी १५ को मूल्य २ लाख ३० हजार, १५० सीसीको टीएनटी १५० आईको मूल्य ३ लाख १५ हजार र २५० सीसीको बीएन २५१ को मूल्य ५ लाख २० हजार तोकिएको कम्पनीले जानकारी गराएको छ ।
बेनेलीका शोरुमहरू ललितपुरको पुल्चोक र कुपण्डोल, काठमाडौंको नक्साल र भक्तपुरमा रहेका छन् । यसका ११ वटा अधिकृत विक्रेताहरु नेपालभर बुटवल, पोखरा, विर्तामोड, चितवन, इटहरी, नेपालगञ्ज, भक्तपुर, सुर्खेत, दाङ, हेटौडा र जनकपुरमा रहेका छन् ।