राष्ट्र बैंक आज रू.२ अर्बबराबरको ट्रेजरी बिल विक्री गर्दै |

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार २ अर्ब २३ करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल विक्री गर्दै छ । बैंकले हिजो आइतवार एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागेको जानकारी दिएको हो ।
विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटकपटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा विक्री गर्दै आएको छ । बैंकका अनुसार कुल ९१ दिने अवधिको उक्त बिल मंगलवार बाँडफाँट गरिनेछ ।
बैंकले यसअघि यही फागुन ६ गते २ अर्बको ट्रेजरी बिल विक्री गरिसकेको छ ।