शिवम् सिमेण्टको सर्वसाधारणतर्फको सबै आईपीओ विक्री | स्थानीय बासिन्दाका लागि छुट्याइएको आईपीओको प्रिमियम घटाउँदा पनि ४४ प्रतिशत मात्रै विक्री
काठमाडौं । शिवम् सिमेण्टको सर्वसाधारणतर्फको ४१ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) सबै विक्री भएको छ । कम्पनीले सर्वसाधारणको लागि फागुन ६ गतेदेखि प्रति कित्ता ३०० का दरमा उक्त आईपीओको विक्री खुल्ला गरेको थियो ।
तर, स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरको प्रिमियम घटाएर प्रतिकित्ता २०० सयका दरमा विक्री खुल्ला गर्दा पनि उक्त शेयर ४४ प्रतिशत मात्रै विक्री भएको छ । यसअघि विक्री नभएकाले बाँकी रहेको ५ लाख ७९ हजार ६ सय ४० कित्ता शेयरको प्रिमियम कम्पनीले घटाएर विक्री खुल्ला गरेको थियो ।
शिवम्ले प्रभावित र सर्वसाधारणसहित जम्मा ४६ लाख ९९ हजार ६ सय ४० कित्ता निष्कासन गरेको थियो । जसअनुसार हालसम्ममा प्रभावित र सर्वसाधारणसहित ४५ लाख ३० हजार १५० कित्ताका लागि आवदेन परेको छ । प्राथमिक शेयर ढिलोमा चैत्र ५ गतेसम्म विक्री खुला गर्ने कम्पनीले बताएको छ ।