पूर्वप्रमुख आयुक्त पाठकमाथि कारबाही अवश्य हुन्छ : प्रमुख आयुक्त | ‘वाइडबडीमा पनि बयान लिने काम भइरहेको छ’
काठमाडौं । घूस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त राजनारायण पाठकमाथि कारबाही हुने भएको छ । अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आज आइतवार संसद्को दिगो विकास समितिमा जवाफ दिँदै ७८ लाख रुपैयाँ घूस लिएको समाचार बारिएका पाठकमाथि कारबाही हुने जानकारी दिएका हुन् ।
प्रमुख आयुक्त घिमिरेले भने, ‘वरिष्ठ सहसचिवको नेतृत्वमा तीन सदस्यीय समितिले छानबिन गरिरहेको छ, केही दिनभित्रै प्रतिवेदन सार्वजनिक हुन्छ । कारबाही अवश्य हुन्छ ।’
उनले नेपाल इन्जिनियरिङ कलेजको जग्गासम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घूस लिएको समाचार बाहिरिएपछि केही दिनअघि मात्र राजीनामा दिएका थिए । राजीनामा नदिएको खण्डमा सरकारले महाअभियोग लगाउने तयारी गरिसकेको थियो ।
प्रमखु आयुक्त घिमिरेले नेपाल वायु सेवा निगमको वाइडबडी प्रकरणमा पनि बयान लिने काम भइरहेको जानकारी दिए ।