नेपाल बङ्गलादेश बैंकको ऋणपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले निष्काशन गर्ने |
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २ अर्ब बराबरको ऋणपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशन सम्बन्धि सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानले हस्ताक्षर गरेका छन् ।
नेपाल बङ्गलादेश बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता बराबरको २ अर्ब बराबरको ‘एनबिबि डिबेञ्चर २०८५∕८६’ निष्काशन गर्न लागेको हो । जसको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियूक्त गरिएको हो ।
निष्काशित ऋणपत्र २ अर्ब मध्ये ६० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ऋणपत्र सर्वसाधारणका लागि निष्काशन हुनेछ ।
उक्त ऋणपत्र नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा विक्री खुला हुनेछ । प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत वार्षिक अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जानकारी दिएको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ ।