रिलायन्सको १ लाख ८८ हजार कित्ता शेयर बिकेन |

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको संस्थापक समूहतर्फको १ लाख ८८ हजार ८७४ कित्ता शेयर बिकेको छैन । यो वित्तीय संस्थाले गत साउन ८ देखि १६ गतेसम्म विक्री खुला गरेको संस्थापक समूहतर्फको ३ लाख १ हजार २७४ कित्ता शेयरमध्ये जम्मा १ लाख १२ हजार ४ सय कित्ता मात्रै विक्री भएको थियो ।
वाँकी विक्री नभएको उक्त १ लाख ८८ हजार कित्ताको लागि यो वित्तीय संस्थाले पुन लिलामीबाट शेयर विक्रीको सूचना निकालेको छ । यसको शेयर मूल्य बजारमा प्रतिकित्ता ११५ मा कारोबार भइरहेको छ ।
यसले यही आगामी चैत्र १ गतेभित्र आवेदन दिइसक्नुपर्ने गरी शेयर विक्री खुला गरेको छ । यसको विक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड हो ।