एशियन लाईफ इन्स्योरेन्सको हकप्रदका लागि फागुन २२ गते बुक क्लोज |
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरका लागि बुक क्लोज फागुन २२ गते हुने भएको छ ।
कम्पनीले फागुन ९ गते दिउँसो ३ बजे बसेको संचालक समितिको बैठकबाट हाल कायम चुक्ता पुँजीको ६० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले फागुन ११ गते १ दिनका लागि मात्र बन्द गर्ने निर्णय भएको छ ।
उक्त हकप्रद शेयर फागुन २१ गतेसम्म कायम शेयरधनीले मात्र भर्न पाउनेछन् ।