२४ घण्टाभित्र स्पष्टिकरण दिन नबिल बैंकलाई नेप्सेको निर्देशन |
काठमाडौं । नबिल बैंकलाई नेपाल स्टक एक्सचेञ्जले २४ घण्टे स्पष्टिकरण सोधेको छ । बैंकको फागुन २७ गते हुने ३४औं वार्षिक साधारणसभाका लागि गरिने बुक क्लोजको सूचना सात दिनअगाडि नदिएको भन्दै ढिला गर्नुको कारणसहित २४ घण्टाभित्र स्पष्टिकरण लेखेर पठाउन नेप्सले निर्देशन दिएको हो ।
बैंकको साधारणसभाको प्रयोजनका धितोपत्र दर्ता किताब बन्द फागुन १४ गते हुँदै छ । अब २४ घण्टाभित्र नेप्सेलाई बैंकले स्पष्टिकरण उपलब्ध गराउनुपर्नेछ ।
नबिल बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस शेयर गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव उक्त साधारणसभामा लैजाँदै छ । सो लाभांश सुरक्षित गर्न फागुन १३ गतेसम्म बैंकको शेयरधनी भइसक्नुपर्नेछ ।