सिभिल बैंकद्वारा नेपाल आँखा अस्पताललाई टीभी प्रदान |

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा एक कार्यक्रमबीच नेपाल आँखा अस्पताललाई एक थान टीभी प्रदान गरेको छ ।
उक्त टीभी सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादूर घलेलाई हस्तान्तरण गरेका हुन । नेपाल आँखा अस्पतालले हालै निर्माण गरेको विरामी प्रतिक्षालयमा सो टीभी जडान गर्ने जानकारी दिएको छ ।
बैंक यसै समाजमा संचालित हुने हुँदा समाजलाई थोरै नै भएपनि सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।
सिभिल बैंकले आफ्नो स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वका विविध क्षेत्रमा सहयोग गर्दै आइरहेको जानकारी दिएको छ ।