हिमालयन बैंकले खातावालाको मृत्यु भएपछि परिवारलाई पाँच लाख बीमा रकम उपलब्ध गरायो |
काठमाडौं । हिमालयन बैंक लिमिटेडको कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक स्व. रविराज खनालकी पत्नी गीता खनाललाई बीमा बापतको पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ ।
बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको पाँच लाख रुपैयाँसम्मको निशुल्क दुर्घटना मृत्यू बिमा गरिदिएको हुन्छ ।
बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरेका थिए ।
मृतककी श्रीमती गीता खनालले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पुर्याएको बखत बैंकको यस सहयोगले केही मात्रामा भए पनि आर्थिक राहत दिएको बताइन्। ।