इन्फिनिटी माइक्रोफाइनान्स आईपीओ निष्काशनका लागि धितोपत्र बोर्ड पुग्यो |
काठमाडौ । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । जसको प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।
क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो कम्पनीको आईपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । इन्फिनिटीको केन्द्रीय कार्यालय नवलपरासीको गैंडाकोटमा रहेको छ । चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको इन्फिनिटीको जगेडा कोषमा १ करोड ८३ लाख २ हजार रुपैयाँ छ ।