विबाद बढेपछि खानेपानी सचिव ठाकुरलाई पदबाट हटाईयो |
काठमाडौं । सरकारले खानेपानी सचिव गजेन्द्र ठाकुरलाई पदबाट हटाएको छ । मेलम्ची खानेपानी प्रकरणमा मन्त्री र सचिवबीच लामो समयदेखि विमती कायम रहदै आएको थियो ।
त्यही आधारमा मन्त्री विना मगरले सचिव ठाकुरलाई हटाएकी हुन । मन्त्री मगरसँग कुरा नमिले पछि मलाई हटाईयो सचिव ठाकुरले भने । मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकदार (सीएमसी) ठेकेदार कम्पनीले आयोजना छाडे पछि सचिव ठाकुर बिबादमा तानिएका थिए ।
ठाकुरले ठेकेदार कम्पनीसँग समन्वय नगर्दा सीएमसी काम छाडेर हिँडेको आरोप लाग्दै आएको छ ।