ग्लोबल आइएमई बैंकको ५ वर्षका लागि ऋणपत्र निष्काशन, वार्षिक १०.२५ प्रतिशत व्याज |
काठमाडौं । ग्लोबल आइएमई बैंकको आगामी ५ वर्षका लागि १०.२५ प्रतिशत व्याजदरमा सर्वसाधारणको लागि ६ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले कुल ६० करोड रुपैयाँको ऋणपत्र फागुन १५ गतेदेखि छिटोमा १९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत्र १४ गतेसम्म विक्री खुला गर्ने छ ।
प्रति कित्ता १००० रुपैयाँको दरमा न्युनतम २५ कित्ता र अधिकत ७५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । सार्वजनिक निष्काशनको ५ प्रतिशत अर्थात ३० हजार कित्ता सामुहिक लगानीकोषलाई छुट्टाइएको भए पनि तीन हजार कित्ता मात्रै विक्री भएपछि बाँकी २७ हजार कित्ता समेत सर्वसाधारणको लागि विक्री खुला गरेको हो । यसको विक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यस ऋणपत्रले न्युन कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलए माइनस’ प्राप्त गरेको छ । ऋणपत्र खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ ।