शिवमको आईपीओमा पहिलो दिन २२ करोड ३० रुपैयाँबराबरको आवेदन |
काठमाडौं । प्रभावित र सर्वसाधारणका लागि आजदेखि विक्री खुल्ला गरिएको शिवम् सिमेण्टको साधारण शेयर (आईपीओ)का लागि आज सोमवार पहिलो दिन नै ७ लाख ४३ हजार ६ सय कित्ताका लागि आवेदन परेको छ । आज साँझ ६ बजेसम्म २२ करोड ३० रुपैयाँबराबरको आवेदन परेको सिद्धार्थ क्यापिटलले जानकारी गराएको हो ।
कम्पनीले आजदेखि सर्वसधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँ र प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ घटाएर २०० रुपैयाँ प्रतिकित्ताका दरले शेयर निष्कासन गरेको छ । जसमा सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता र प्रभावित क्षेत्रका बासिन्दाका लागि भनेर ५ लाख ७९ हजार ६४० कित्ता शेयर कम्पनीले निष्कासन गरेको हो ।
कम्पनीले छिटोमा फागुन ९ गतेसम्म र पहिलो चरणमा विक्री नभए ढिलोमा चैत ५ गतेसम्म विक्री खुला गर्ने जानकारी पनि दिएको छ । उक्त शेयर सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम खुला गरिएबराबरकै लागि समेत आवदेन दिन पाउने कम्पनीले बताएको छ ।