राष्ट्र बैंकले आज २ अर्बको ट्रेजरी बिल विक्री गर्दै |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवार २ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल विक्री गर्दै छ । बैंकले जारी मिति भोलि अर्थात् फागुन ७ गते मंगलवार तोकेर उक्त परिमाणमा ट्रेजरी विक्री गर्न लागेको जानकारी दिएको हो ।
ट्रेजरी खरिदका लागि आज सोमवार अपरान्ह ३ बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुपर्ने छ । ९१ दिने अवधिको उक्त ट्रेजरीको परिपक्व हुने मिति वि.सं. २०७६ साल जेठ ७ गते रहेको छ । राष्ट्र बैंकले यसअघि यही माघ २८ गते ९१ दिने अवधिको २ अर्ब ५३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल विक्री गरिसकेको छ ।