सुबिसुको नयाँ शाखा भैरहवामा, इण्टरनेट तथा टीभी सेवामा विशेष छुट |
काठमाडौं । नेपालको इण्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको कम्पनीका नेशनल सेल्स प्रमुख युवराज कार्की र सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्यले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उक्त नयाँ शाखाबाट कम्पनीले भैरहवा तथा त्यसआसपासका क्षेत्रमा आफ्ना सेवाहरू उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीले उक्त शाखा कार्यालयमार्फत त्यस क्षेत्रका उपभोक्ताहरूलाई समय र ग्राहकको चाहनाअनुसार नयाँ प्रविधिसहितको गुणस्तरीय तथा तीव्र गतिको एफटीटीएच इण्टरनेट तथा क्लियर टीभी सेवा सहुलियत दरमा प्रदान गर्ने जानकारी दिएको छ ।
हाल उक्त कम्पनीले एफटीटीएच सेवामा न्यूनतम १५ एमबीपीएस गति देखि १ सय एमबीपीएस गतिसम्मको इण्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको छ । शाखा कार्यालय उद्घाटनका अवसरमा कम्पनीले सो क्षेत्रका ग्राहकहरूलाई इण्टरनेट तथा टीभी सेवामा विशेष छुटको अवसर पनि प्रदान गरेको छ ।