पाँचथर पावरको आईपीओ यही फागुन १३ गतेदेखि |
काठमाडौं । पाँचथर पावर कम्पनीको साधारण शेयर (आईपीओ) यही फागुन १३ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीको १७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित तथा स्थानीयवासीका लागि निष्कासन हुन लागेको हो ।
कम्पनीले यसअघि स्थानीयवासीलाई ९ लाख कित्ता शेयर जारी गरेकोमा ७ लाख ८७ हजार कित्ता शेयर विक्री नभएकोमा सोसमेत थप गरी उक्त परिमाणमा शेयर विक्री गर्न लागिएको हो । यसअघि सर्वसाधारणका लागि ९ लाख ६२ हजार कित्ता मात्र शेयर छुट्याइएको थियो ।