२०१९ को घुम्नलायक शहरको पाँचौ स्थानमा काठमाडौं पर्यो |
काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले काठमाडौंलाई २०१९ का विश्वका घुम्नलायक शहरको पाँचौ स्थानमा राखेको छ । सन् २०१५ को भुकम्पले थला परेको काठमाडौं आफ्नो पुरानो ढाँचामा आउन लागेको भन्दै उक्त म्यागेजिनले काठमाडौंलाई पाँचौ स्थानमा राखेको छ ।
काठमाडौंमा हर्न बजाउन नपाईने हुनाले ध्वनी प्रदुषण नहुने र वाईफाईलाई बोनसको रुपमा लिएको र भत्किएका संरचना बन्दै गरेको हुनाले पनि काठमाडौं घुम्नलायक शहरमा परेको उक्त म्यागेजिनले जानकारी दिएको छ ।
लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई अहिले पनि पछि पारेको छ । पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन यथावत छ । दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ ।