घरमा बिरुवा लगाऔं, सौन्दर्य बढाऔं |
घरमा बिरुवा लगाउँदा वरपरको वातावरण स्वच्छ बन्छ । बोटबिरुवाले घरको सौन्दर्यसमेत बढाउँछ । प्रदूषित हावा शुद्ध बनाउन पनि बिरुवाले सहयोग पु¥याउँछ । बढ्दो जनसङ्ख्या तथा सवारीसाधनका कारण शहरी क्षेत्रमा अहिले प्रदूषण बढ्दै गएको पाइन्छ । वातावरणीय प्रदूषणका कारण मानिसमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेका छन् । प्रदूषणले शहरको सौन्दर्यमा समेत ह्रास ल्याउँछ । तर, घर वा त्यसवरपर बिरुवा लगाउनाले वातावरणीय प्रदूषण न्यूनीकरणमा सघाउ पुग्छ । आखिर, हरियाली वातावरण कसलाई पो मन पर्दैन र ? घरमा प्राकृतिक वातावरण कायम गर्न सघाउने केही बोटबिरुवाबारे जानिराखौंː
१. पाल्म ट्री
यो अति उपयागी बिरुवा हो । यसलाई तपाईं आफ्नो लिभिङ रूममा लगाउन सक्नुहुन्छ । यसले घरमा भएको प्रदूषित हावा शुद्ध बनाउने गर्छ । तपाईं यसलाई सोफा वा बेडको नजिकै राख्न सक्नुहुन्छ । यसलाई भ¥याङको नजिक लगाउँदा झनै राम्रो हुन्छ ।
२. स्नेक प्लाण्ट
यो बिरुवा पनि घरमा लगाउन सकिन्छ । यसका पात लामा हुन्छन् । सूर्यको प्रकाश तथा छाँया भएको दुवै ठाउँमा लगाउन सकिने बिरुवा हो यो । यसलाई दिनहँु पानी दिइरहनु पनि पर्दैन ।
३. एलोभेरा
यो बिरुवा स्वास्थ्यका लागि धेरै हितकारी मानिन्छ । यसलाई लगाउन निकै सजिलो छ । घरमा गमलमा पनि यसलाई लगाउन सकिन्छ ।
४. रबर प्लाण्ट
यो बिरुवा धेरैजसोको घरमा लगाइएको हुन्छ । यसलाई धेरै अग्लो हुन नदिन छाँटकाँट गरिरहनुपर्ने हुन्छ । तपाईं यसलाई सूर्यको प्रकाश धेरै भएको ठाउँ वा घरको बाल्कोनीमा राख्न सक्नुहुन्छ ।
५. मनी प्लाण्ट
यो बिरुवा आमरूपमा लगाइन्छ । यदि घर धेरै ओसिलो छैन भने एउटा बोतलमा पानी राखेर यसलाई लगाउन सकिन्छ । यो बिरुवा धेरै छिटो बढ्छ । यसलाई हेरचाहको पनि खासै आवश्यकता पर्दैन ।