भारू १० मा साडी पाउँदा भीड बढेर मच्चियो भागदौड |

काठमाडौं । भारतको हैदरावादस्थित सिद्दीपेटको एक सपिङ मलले भारू १० मा साडी सेलमा राखेको छ । त्यहाँको सीएमआर सपिङ मलले विभिन्न डिजाइनका साडी रू. १० मा विक्री गर्न थालेपछि महिलाहरूको भीड बढेर अत्यधिक बढेर भागदौडको अवस्था सृजना भएको छ ।
मलमा महिला र किशोरीहरूको ठूलो समूह साडी खरिद गर्न भेला भएको र त्यही बेला भागदौडको अवस्था सिर्जना भएको त्यहाँको बताएको छ । महिलाहरूको भीडमा भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्डसमेत भागदौड हुँदा हराएको भन्दै प्रहरीसमक्ष उजुरी गरेकी छिन् । प्रहरीले उक्त घटनाको छानबिन शुरू गरिसकेको बताएको छ । (एजेन्सीहरू)