पाँच कम्पनीका झण्डै डेढ करोड कित्ता शेयर नेप्सेमा सूचिकृत |
काठमाडौं । नेपाली धितोपत्र बजारमा फेरि पाँच कम्पनीका १ करोड ४४ लाख ७६ हजार २ सय ७६ कित्ता शेयर थपिने भएका छन् । गएको साताभरमा विभिन्न पाँच कम्पनीका शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएका हुन् ।
नेप्सेका अनुसार एनसीसी बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद शेयर, जानकी फाइनान्स लिमिटेडको ८ लाख ८७ हजार ४६६ कित्ता शेयर लाभांश, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता शेयर लाभांश, बेस्टर्न डेभलपमेण्ट बैंकको ७ लाख ४७ हजार ५६१ कित्ता शेयर लाभांश र मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ कित्ता शेयर लाभांश सूचिकृत भएको छ ।