प्रिमियर इन्स्योरेन्सको नाफा ८ प्रतिशतले बढ्यो |
काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ८८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ८ दशमलव ७९ प्रतिशतले बढेको हो । गत बर्षको सोहो अवधिमा प्रिमियर इन्स्योरेन्सले नाफा ५ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।
५८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी भएको प्रिमियमले जगेडाकोषमा ६० करोड १० लाख रुपैयाँ, बीमा कोषमा ४३ करोड १ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ३ करोड ८९ लाख रुपैयाँ छुट्टाएको छ । जसको आम्दानी ६९ दशमलब ५६ प्रतिशतले बढेर १५ करोड ६५ लाख रुपैयाँ कमाएको छ भने खर्च भने १५५ दशमलब २६ प्रतिशतले बढेर ९ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको बीमा शुल्क आर्जन कुल ७९ करोड ५४ लाख रुपैयाँ आर्जन रहेको छ । त्यस्तै ५४ करोड ८६ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको जारी बीमालेख संख्या ३ हजार ५८४ वटा रहेको छ भने दाबी भुक्तानी संख्या ३ हजार ३२ वटा रहेको छ ।
प्रिमियर इन्स्योरेन्सको प्रति शेयर आम्दानी वार्षिक २० दशमलब १६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५२ दशमलब ९८ गुणा, प्रति शेयर नेटवर्थ २ सय ८३ दशमलव २४ रुपैयाँ र प्रति शेयर कुल सम्पतिको मूल्य ५ सय ५४ दशमलव ५५ रुपैयाँ रहेको छ ।