कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृतद्वारा ‘दोहा घोषणापत्र’ को समर्थन |
दोहा, कतार । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले ‘दोहा घोषणापत्र’ प्रकाशनको स्वागत गरेका छन् । घोषणापत्रले वर्तमान उड्डयन नियामक ढाँचाको गम्भीरतापूर्वक पुनरावलोकनको आवश्यकता औल्याएको बताइएको छ ।
दोहामा आयोजित सीएपीए कतार उड्डयन, हवाई तथा नियामक सम्मेलन (कतार एभिएशन, एरोपोलिटिकल एण्ड रेगुलेटरी समिट) को समाप्तिमा घोषणा गरिएको उक्त घोषणापत्रको ऐतिहासिक सिकागो सम्मेलनको ७५ वर्षपछि आएको हो । जसपश्चात् अन्तरराष्ट्रिय नागरिक उड्डयन संघ (आईसीएओ) को साथसाथै हवाई क्षेत्र, हवाई सुरक्षा तथा हवाई यात्राका नियमवालीको स्थापना भएको हो ।
घोषणापत्रका बारेमा बोल्दै कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भने, ‘कतार एयरवेज सहृदय यस घोषणापत्रको समर्थन गर्दै विश्वभरका सम्पूर्ण एयरलाइनहरुलाई पनि साथ दिन आग्रह गर्दछ ।’