एनआईसी एशियाको नयाँ अफर : एउटा विप्रेषण कारोबार गर्दा अर्को कारोबार निःशुल्क |
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न समयमा ग्राहकहरूलाई उच्चतम हित हुने योजनाहरू पस्कने क्रममा पछिल्लो पटक अर्को नयाँ तथा आकर्षक योजना ल्याएको छ । बैंकले एनआईसी एशिया रेमिटमार्फत स्वदेशमा एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आकर्षक योजना सार्वजनिक गरेको हो ।
आगामी फागुन र चैत महिनाभरका लागि ल्याइएको उक्त योजनामा नेपालभर कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यस्तो सुविधा प्राप्त सक्ने बैंकले जानकारी गराएको छ ।
यस योजनाबाट एनआईसी एशिया रेमिटमार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरूलाई न्यून शुल्कमै कारोबार गर्न सक्ने भएकाले ग्राहकहरू लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।
एनआईसी एशिया रेमिटमार्फत पठाएको आन्तरिक विप्रेषणको रकम यस बैंकका मुलुकभर रहेका शाखाहरू, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ इकाइबाट भुक्तानी लिन सकिने पनि बैंकले जानकारी दिएको छ ।