२ अर्ब ५३ करोडको ट्रेजरी बिल आज जारी हुँदै |

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ५३ करोड रुपैयाँको ९१ दिने ट्रेजरी बिल आज मंगलवार जारी गर्दै छ । राष्ट्र बैंकले हिजो सोमवार बोलकवोल गराइसकेको उक्त परिमाणको ट्रेजरी बिल आज जारी गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल २०७६ साल वैशाख ३१ गते परिपक्व हुने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैकले यसअघि यही माघ २१ गते २८ दिन अवधिको ३ अर्ब २५ करोड र ९१ दिन अवधिको १ अर्ब ९१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरिसकेको छ ।