सेन्ट्रल फाइनान्सले ७ प्रतिशत नगद लाभांश दिने |
काठमाडौ । सेन्ट्रल फाइनान्स लिमिटेडले ७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीले माघ २५ गतेको पत्रबाट २०७४÷७५ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गरी सार्वजनिक गर्न नेपाल राष्ट्र बैकबाट स्वीकृति पाएको छ ।
त्यस्तै प्रस्तावित ७ प्रतिशतका दरले ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ नगद लाभांश सभाबाट स्वीकृत भए पश्चात वितरण गर्न पनि राष्ट्र बैकले स्वीकृति दिएको छ ।