एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल नियुक्त, चार वर्षे कार्यकाल |

काठमाडौं । एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल नियुक्त भएका छन् ।
संस्थाको ८२औं संचालक समिति बैठकले लम्साललाई फागुन १ गतेदेखि कायम हुने गरि चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्ती गरेको हो ।
लम्साल यसअघि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनीसँग विभिन्न बीमा कम्पनीहरुमा काम गरेको अनुभव रहेको छ ।
एनएमबी माइक्रोफाइनान्स एनएमबी बैंकको सहायक कम्पनी हो । यसले विपन्न वर्गमा ऋण प्रवाह गर्छ ।