पल्सर राईड मेनिया नारायणगढबाट मादीसम्म |

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट ‘पल्सर राईड मेनिया’ प्रस्तुत गरेको छ । बजाजले माघ २७ गते उक्त र्याली आयोजना गरेको थियो ।
पल्सर राईड मेनियामा नारायणगढका पल्सर राईडरहरुको सहभागीता थियो । उक्त राईड मेनिया नारायणगढबाट शुरु भई मादीमा पुगेर समापन भएको थियो ।
पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । बजाज मोटरसाइकल नारायणगढका लागि आधिकारिक वितरक एनके मोटर्सले प्रत्येक महिना नारायणगडबाट शुरु भएर नँया–नँया गन्तब्यमा राईडर्स लाई लैजाने छ ।