नेपाल प्रहरीमा बढुवाको लहर, को को हुँदै छन् बढुवा ? हेर्नुहोस् | १४ एसपी एसएसपीमा र २६ डीएसपी एसपीमा बढुवा हुँदै
काठमाडौं । नेपाल प्रहरीका १४ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुने भएका छन् । गृहमन्त्रालयअन्तर्गतको बढुवा समितिको हिजो शनिवार बसेको बैठकले उनीहरूलाई बढुवा गर्न सिफारिश गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम ९४० को प्रावधानअनुसार बढुवा समितिले एसपीहरूको बढुवाका लागि सिफारिश गरेको हो ।
समितिको उक्त बैठकले बढुवाका लागि सिफारिश गरेकमध्ये पहिलो नम्बरमा एसपी सन्दीप भण्डारी परेका छन् । बढुवाका लागि सिफारिश गरिएका अन्य एसपीहरूमा दोस्रो, तेस्रो र चौथो नम्बरमा क्रमशः टेकप्रसाद राई, उमेशलाल जोशी र श्यामलाल ज्ञवाली रहेका छन् ।
२६ डीएसपीहरू पनि एसपीमा बढुवा हुँदै
गृह मन्त्रालयले नेपाल प्रहरीका २६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूलाई पनि प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिश गरेको छ । मन्त्रालयको बढुवा समितिले अघिल्लो बढुवामा छुटेका रमेशकुमार बस्नेत (पूर्व क्षेत्रीय प्रहरी तालीम केन्द्र, विराटनगर) लाई एक नम्बरमा बढुवा सिफारिश गरेको छ ।
त्यसैगरी, एसपीमा बढुवाका लागि सिफारिश गरिएका दोस्रो, तेस्रो र चौथो नम्बरमा क्रमशः हीराबहादुर पाण्डे (प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग), श्यामकृष्ण अधिकारी (महानगरीय प्रहरी पहरा गण सामाखुसी), नान्तीराज गुरुङ (प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग) रहेका छन् ।
त्यस्तै, एसपीमा बढुवाका लागि सिफारिश गरिएका अन्य डीएसपीहरूमा रवीन्द्र रेग्मी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज), गोविन्द अधिकारी (प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विद्यालय, महाराजगञ्ज), कृष्ण प्रसाईं (प्रदेश प्रहरी कार्यालय, प्रदेश नं. १, विराटनगर), डा. मेखबहादुर खत्री (प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अअ महाशाखा), विनोद सिलवाल (महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर), भीमबहादुर दाहाल (संघीय प्रहरी एकाई कार्यालय कोशी) रमेश थापा (प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना निर्देशनालय), प्रकाश रानाभाट (प्रहरी प्रधान कार्यालय, माव स्रोत विकास विभाग), विमलराज कँडेल (जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक), कमल थापा (प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, अनुगमन तथा सुपरीवेक्षण शाखा), जनार्दन जिसी (प्रहरी प्रधान कार्यालय, जगेडापुल), कृष्णप्रसाद कोइराला (इलाका प्रहरी कार्यालय, अनारमनी, झापा), सन्तोष खड्का (महानगरीय अपराध महाशाखा, काठमाडौं), दानबहादुर मल्ल (महानगरीय प्रहरी वृत्त, दरबारमार्ग, काठमाडौं) रहेका छन् ।
त्यस्तै, रञ्जु सिग्देल (प्रहरी प्रधान कार्यालय, यूएन शाखा),अनुपम शमशेर जबरा (प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, संगठित अपराध अनुसन्धान शाखा), श्यामकुमार महतो (जिल्ला प्रहरी कार्यालय, धादिङ), कृष्णप्रसाद पंगेनी (अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, प्रहरी महाशाखा, टंगाल), हेमकुमार थापा (अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, प्रहरी महाशाखा, टंगाल), अजय केसी (महानगरीय प्रहरी पहरा गण, सामाखुसी काठमाडौं), नवराज अधिकारी (जिल्ला प्रहरी कार्यालय, दार्चुला) र वीरबहादुर बुढामगर (जिल्ला प्रहरी कार्यालय, म्याग्दी) रहेका छन् ।