यातायात ब्यवस्था ऐनमा संसोधन हुदै, लाईसेन्स लिने उमेरहद बढने, जरिवानामा तीन गुणासम्म वृद्धि |

काठमाडौं । सरकारले २८ बर्ष पुरानो यातायात ब्यबस्था ऐन संशोधन गर्ने भएको छ । ऐन संशोधन गरेर प्रदेश अन्तरगतका नीति नियमहरु बनाउने योजना सरकारको छ । यातायात ब्यवस्था विभागले देश संघीय संरचनामा गएसँगै पुराना ऐन तथा नीतिलाई परिवर्तन गर्दै संघीय सवारी तथा यातायात ब्यवस्था ऐन ल्याउन लागेको हो ।
मौजुदा ऐनमा व्यवस्था भएको सवारी जरिवाना तथा विभिन्न व्यवस्थामा परिवर्तन गर्न लागिएको विभागले जानकारी दिएको छ । सवारी साधनले सडक नियममा गल्ती गरे हालसम्म लाग्दै आएको जरिवानामा ३ गुणाभन्दा बढीसम्म जरिवाना लिन पाईने नियम लईदैछ ।
यस्तै उक्त नयाँ ऐनमा नेपाली सवारीचालक लाईसेन्सका लागि भनेर छुट्टै नीति ल्याईएको छ । ऐन संशोधनसँगै लाईसेन्सलाई १० बर्षमा एकचोटी नविकरण गरे हुने नीति पनि ल्याइने विभागले जानकारी दिएको छ । यसअघि नेपाली लाईसेन्स बोकेर विदेशमा सवारी चलाउन नपाईने ब्यबस्था थियो । यस्तै उक्त ऐन संशोधन भएसँगै अब नेपाली लाईसेन्स बोकेरै पनि विदेशमा सवारीसाधन चलाउन पाईने भएको छ ।
यस्तै लाईसेन्स लिनलाई पनि अब १८ बर्ष पुगेको हुनुपर्नै नीति ल्याउन लागिएको छ । सवारीसाधन हेरेर २ पांग्रेका लागि हालसम्म १६ बर्ष पुगे हुनेमा अब उक्त २ पांग्रे सवारीसाधनको लाईसेन्स लिनका लागि १८ बर्ष पुगेको हुनुपर्नेछ । यस्तै ४ पांग्रेका लागि भने २५ बर्षे उमेरहद तोकिने भएको छ ।
यातायात व्यवस्था ऐनमा ट्राफिक नियम मिच्नेको जरिवाना प्रकृति हेरेर बढीमा तीन गुणासम्म बढाउन लागिएको छ । ट्राफिक नियम उल्लङ्घनमा हाल सामान्यतया ५ सय रुपैयाँ देखि ५ हजारसम्म जरिवाना तोकिएको छ ।
विभागले नयाँ ल्याउने ऐनमा ९ हजारसम्मको पनि जरिवाना गर्न सक्ने गरी नीति परिवर्तन गर्न लागेको छ । टुटल र पठाओ जस्ता राईड सेयरिङ कम्पनीका लागि कुनै छुट्टै ऐन नल्याएको भएपनि यस्ता कम्पनीलाई काम गर्न सहज हुने ढंगले ब्यवस्था गरिने बताइएको छ ।