प्राइम कमर्सियल बैंकको नाफा ९३ करोड |
काठमाडौं । प्राइम कमर्सियल बैंकले चालू आवको दोस्रो त्रैमासमा आफ्नो नाफा एक अर्बनजिक पुर्याएको छ । बैंकले चालू आवको पुस मसान्तमा ९३ करोड नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ७१ करोड नाफा कमाएको थियो ।
बैंकले पुस मसान्तसम्मको अवधिमा ७६ अर्ब निक्षेप संकलन गरेर ७२ अर्ब कर्जा लगानी गर्दा सीसीडी रेसियो ७८.५५ प्रतिशत पुर्याएको छ । प्राइमले सो अवधिमा १ अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरेको छ । ८ अर्ब ३ करोेड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।
असोज मसान्तपछि बैंकको निक्षेप संकलन तथा कर्जा लगानीको अवस्था स्थिर जस्तै देखिन्छ । बैंकको खराब कर्जा १.५८ प्रतिशत छ भने आधार ब्याजदर १०.१७ प्रतिशत छ । प्राइमको प्रतिशेयर आम्दानी २४.४१ रुपैयाँ कायम रहेको छ जुन गत पुस मसान्तमा २२.६१ रुपैयाँ मात्रै थियो ।