वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त |

काठमाडौं । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक पदमा मधुसुदन अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले ४ वर्ष लागि अधिकारीलाई नियुक्त गरेको हो ।
जलविद्युत तथा नवीकरणीय ऊर्जामा देशभित्र करिब २२ वर्ष काम गरेको उनीसँग अनुभव छ । सन् २०१६ मे देखि उनी म्यानमारमा राष्ट्रिय विद्युतीकरण आयोजनाको अन्तरराष्ट्रिय सल्लाहकारका रूपमा कार्यरत थिए । अघिकारीले यसअघि नेपालस्थित एसियाली विकास बैंक (एडिबी), विश्व बैंकलगायत विकास साझेदार निकायमा काम गरेका थिए ।