महिला उद्यमीहरु लाई राष्ट्रिय बाणिज्य बैंकले १.६५ प्रतिशत ब्याजमै ऋण दिने |
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले महिला उद्यमीहरु लाई १.६० प्रतिशतमै ऋण दिने भएको छ । बैंकले तीन लाखदेखि पाँच करोड रुपैयाँसम्मका ऋण उपलब्ध गराउने छ ।
बैंकले बैदेशिक रोजगारीबाट फर्केकादेखि शिक्षित युवा स्वरोजगारसम्मलाई दिने ऋणको ब्याज थप घटाएको छ । बैंकले यसअघि ६ प्रकारका ऋणहरु ३.३३ प्रतिशत ब्याजमै उपलब्ध गराउँदै आएकोमा फागुन १ गतेबाट २.६० प्रतिशत ब्याजमै उपलब्ध गराउने भएको छ ।
बैंकले व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय ब्यवसाय विकास, उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जाका साथै भूकम्प पीडितहरुको निजी आवास निर्माण गर्ने कर्जा दिने छ ।
ब्याज अनुदानमा उपलब्ध हुने ऋणको अन्तिम भूक्तानी अवधि पाँच बर्ष तोकिएको छ । सरकारले बैंकहरुले कति ब्याज निर्धारण गर्न सक्छन भन्ने पनि टुङ्गो गरिदिएको छ ।
यो सबै सरकारी स्कीम हुन्। । सरकारले यो ऋणमा ब्याज अनुदान दिन्छ । महिला उद्यमीमा ६ प्रतिशत ब्याज अनुदान पाइन्छ भने बाँकीमा ५ प्रतिशत अनुदान उपलब्ध हुन्छ । बैंकहरुले आफ्नो आधार दरको २ प्रतिशत बिन्दुमाथिसम्म मात्र यस्तो ऋणको ब्याज दर तोक्न पाउँछ । अहिले बैंकको आधार दर घटेर ६.३३ प्रतिशतबाट घटेर ५.६० प्रतिशतमा आएको छ ।