सपोर्ट माइक्रोफाइनान्सको नाफा ६८ प्रतिशतले बढ्यो |
काठमाडौं, माघ २५ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ७ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा ६८ दशमलव १४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ४ लाख रुपैयाँ कमाएको थियो ।
६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडाकोषमा ४१ लाख रुपैयाँ छुटाएको छ । लघुवित्तले निक्षेपमा १० करोड १९ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ४७ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ ।
लघुवित्तको खुद व्याज आम्दानी ३८ दशमलव ४६ प्रतिशतले वृद्धि गरी १ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफा ८३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी ११ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको जोखिम युक्त सम्पत्ति १२ दशमलव ३९ प्रतिशत, निष्कृय कर्जा ३ दशमलव ५३ प्रतिशत, प्रतिशेयर आम्दानी १ दशमलव २० रुपैयाँ, मुल्य आम्दानी अनुपात ५३५ गुणा, प्रतिशेयर नेटवर्थ ११० दशमलव ४८ रुपैयाँ र तरलता अनुपात ६३ दशमलव ८३ प्रतिशत रहेको छ ।