मिथिला लघुवित्तको नाफा ४५ प्रतिशतले वृद्धि |
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ७१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ४५ दशमलव ९५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ४८ लाख रुपैयाँ कमाएको थियो ।
६ करोड ५९ लाख चुक्ता पुँजी रहेको लघुवित्तले जगेडाकोषमा २ करोड ९४ लाख रुपैयाँ छुटाएको छ । लघुवित्तले निक्षेपमा २१ करोड १६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ७२ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ ।
मिथिला लघुवित्तको खुद व्याज आम्दानी १४ दशमलव २८ प्रतिशतले वृद्धि गरी २ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफा ३० दशमलव १३ प्रतिशतले वृद्धि गरी ९५ लाख रुपैयाँ पुगेको छ ।
मिथिला लघुवित्तको जोखिम युक्त सम्पत्ति १२ दशमलव ०५ प्रतिशत, निष्कृय कर्जा ३ दशमलव २४ प्रतिशत, प्रतिशेयर आम्दानी २१ दशमलव ६२ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४२ दशमलव ३२ गुणा, प्रतिशेयर नेटवर्थ १४४ दशमलव ६५ रुपैयाँ र तरलता अनुपात ८ दशमलव ०७ प्रतिशत रहेको छ ।