नेपाली लाइसेन्सलाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल |

काठमाडौं । नेपाली लाइसेन्सलाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल शुरु गरिएको छ । सरकारले नेपालबाट जारी भएका सवारी चालक अनुमतीपत्र (मोटर ड्राइभिङ लाइसेन्स) बाटै विदेशमा तीन महिनासम्म सवारी साधन चलाउन सक्ने व्यवस्था गर्न लागेको हो ।
यातायात व्यवस्थाले संघीय यातायात ऐनमार्फत यस्तो व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । अहिले मस्यौदाको क्रममा रहेको नयाँ विधयेकमा अन्तरराष्ट्रिय सवारी चालक अनुमतीसम्बन्धि व्यवस्था (इन्टरनेशलन ड्राइभिङ पर्मिट) समावेश गर्न लागिएको हो ।
नेपालबाट बाहिर जानेहरुका लागि र नेपाल आउने पर्यटकहरुका लागि सहज होस भनेर यस्तो व्यवस्था गर्न लागिएको हो । नेपाल घुम्न आएका विदेशी पर्यटक वा अन्य कामदारले यातायात व्यवस्था विभागअन्तर्गतको सवारी चालक अनुमतीपत्र कार्यालयले सम्बन्धित देशबाट लिएका लाइसेन्सलाई नेपालीकरण गरेर सवारी साधन चलाउन पाइन्छ । तर नेपालीले भने विदेशमा सवारी साधन चलाउन सम्बन्धित देश पुगेपछि आवश्यक प्रक्रिया पुरा गरेर त्यही देशको अनुमतीपत्र लिनुपर्छ ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि नेपालीले विदेशमा तीन महिनासम्म नेपाली लाइसेन्सबाटै सवारी साधन चलाउन पाउँछन्।् । अहिले १ सय ६५ वटा देशले यस्तो व्यवस्था कार्यान्वयन गरेका छन्।् । नयाँ ऐन बनेपछि विभागले यो प्रक्रियाको सहजीकरणका लागि छुट्टै निकाय तोक्ने बताइएको छ ।
संसारका धेरै देशले यो व्यवस्था कार्यान्वयन गरेको भए पनि नेपालले भने कानुनको अभावमा लाइसेन्स अन्तरराष्ट्रियकरण गर्न सकेको थिएन । यो व्यवस्था कार्यान्वयनमा आए विदेश पढ्न जाने वा रोजगारीका लागि जाने नेपालीलाई थप सहज हुने विश्वास विभागको छ ।