सेञ्चुरी बैंकको नाफा ४४ करोड, खराब कर्जा ०.८४ प्रतिशत |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालू आवको दोस्रो त्रैमासमा ४४ करोड नाफा गरेको छ । २०७५ पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले गतआवको सोही अवधिको तुलनामा १२ करोड नाफा वृद्धि गरेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
सेञ्चुरीले ६४ अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा लगानी गर्दा सीसीडी रेसियो ७८.६४ प्रतिशत कायम गरेको छ । सेञ्चुरीले पछिल्लो ३ महिनामा २ अर्ब निक्षेप बढाएर रू. १ अर्ब कर्जा लगानी वृद्धि गरेको छ । असोजमा बैंकको निक्षेप ६२ अर्ब थियो भने कर्जा ५७ अर्ब थियो । पुस मसान्तमा बैंकको निक्षेप ६४ अर्ब र कर्जा लगानी ५८ अर्ब पुगेको छ ।
सेञ्चुरीले १ अर्ब ३३ करोड खुद ब्याज आम्दानी गरेको देखिन्छ । ८ अर्ब ६ करोड चुक्ता पूँजी भएको सेञ्चुरीको जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैयाँ रहेको देखिन्छ । सेञ्चुरीको खराब कर्जा ०.८४ प्रतिशत छ भने कस्ट अफ फण्ड ८.८९ प्रतिशत र आधार ब्याज दर ११.५० प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १२.८५ रुपैयाँ रहेको छ ।