आठ लाखबराबरको कपडासहित तीन जना पक्राउ |

काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले ८ लाखबराबरका विभिन्न कपडासहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले हिजो बुधवार बा.१७च ३३६८ नम्बरको सवारीसाधनलाई जडीबुटीमा चेकजाँज गर्ने क्रममा कागजपत्रहरू शंकास्पद रहेको पाइएकाले सावरीसाधनसहित उनीहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले बताएको हो ।
पक्राउ पर्नेहरूमा भारत बिहारका अरबिन्दकुमार गुप्ता, सवारी चालक धादिङका धनबहादुर मगर र सहचालक मोरङका मिलन राई रहेका छन् । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।