साना किसान विकासले कमायो २३ करोडमाथि |
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा खुद नाफा २३ करोड ९१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको तुलनामा हालको नाफामा ३९ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
६२ करोड ८८ लाख रुपैयाँबाट ७८ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको साना किसानले जगेडाकोषमा १ अर्ब ४२ करोड २२ लाख रुपैयाँ छुट्टाएको छ । जसले निक्षेपमा १५ अर्ब ६६ करोड २ लाख रुपैयाँ संकलन गरेको छ । भने कर्जामा ११ दशमलव ४८ प्रतिशतले वृद्धि गरी १७ अर्ब ३७ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।
साना किसानको खुद व्याज आम्दानी ३१ दशमलव ४६ प्रतिशतले वृद्धि गरी ४२ करोड २१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४५ दशमलव ३४ प्रतिशतले वृद्धि गरी ३७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । जसले प्रोभिजनमा ७६ प्रतिशतले घटाएर ५७ लाख रुपैयाँ राखेको छ ।
साना किसानको निष्कर्य कर्जा शुन्य दशमलव ०४ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ३१ प्रतिशत, प्रतिशेयर आम्दानी ६० दशमलव ८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७ दशमलव ५९ गुणा, प्रतिशेयर नेटवर्थ २८० दशमलव ९४ रुपैयाँ र तरलता अनुपात १२ दशमलव ०४ प्रतिशत रहेको छ ।