हिमालय ऊर्जा लाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृत |
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डले स्वीकृति दिएको छ । धितोपत्र बोर्डले कम्पनीलाई १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि स्वीकृति दिएको हो ।
निजी क्षेत्रबाट प्रवद्धित हिमालय ऊर्जाले दोस्रो चरणमा १५ प्रतिशत शेयर साधारणका लागि निष्काशन गर्न बोर्डबाट स्वीकृति पाएको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका १४ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्नेछ । आइपीओ निष्काशन सम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ । कम्पनीले आयोजना प्रभावित बासीन्दालाई यस अघि नै शेयर निष्काशन गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानियलाई ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आइपीओ बाँडफाडँ समेत गरिसकेको छ ।