गण्डकी विकास बैंकको नाफा २६ करोड ५२ लाख |
काठमाडौं । गण्डकी विकास बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा २६ करोड ५२ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा २९ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा नाफा २० करोड ४५ लाख रुपैयाँ कमाएको थियो ।
२ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ८८ करोड ३० लाख रुपैयाँ छुट्टाएको छ । बैंकले निक्षेपमा २६ अर्ब १९ करोड ४० लाख रुपैयाँ संकलन गरी कर्जामा २३ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ । जसले निक्षेपमा ३६ दशमलव ८४ प्रतिशत र कर्जामा ३० दशमलव ५४ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी २२ दशमलव २९ प्रतिशतले वृद्धि गरी ५५ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३० दशमलव ५४ प्रतिशतले वृद्धि गरी ४० करोड ६१ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३ करोड ८५ लाख रुपैयाँ राखेको छ भने ७९ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४१ प्रतिशत, जोखिम युक्त सम्पत्ति १७ दशमलव ५० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १९ दशमलव २९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १० दशमलव ०१ गुणा, प्रतिशेयर नेटवर्थ १३२ दशमलव ११ रुपैयाँ र तरलता अनुपात २५ दशमलव १८ प्रतिशत रहेको छ ।