एनसीसी बैंकको नाफा १३२ प्रतिशतले बढ्यो |
कठमाडौं । एनसीसी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६४ करोड ३९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । यो बैंकको यस्तो नाफा गत वर्षको सोही अवधिमा १३२ प्रतिशले बढेको छ ।
बैंकले ६ मिहनामै ३६ करोड ६४ लाख ८४ हजार रुपैयाँले नाफा बढाएको यो बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । यो बैंकले गत वर्षका सोही अवधिमा २७ करोड ७४ लाख ८७ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यो बैंकले गत पुस सम्ममा व्याज आम्दानीबाट ३ अर्ब ८९ करोड र यसवापटको व्याज खर्च २ अर्ब ४२ करोड गरेको छ । बैंकको यो अवधिसम्मको खुँद व्याज आम्दानी १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।
यो बैंकको चालू आवको दोस्रो त्रैमाससम्मको निक्षेप संकलन ६४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले ५८ अर्ब ४४ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यसले गत वर्ष ५९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४९ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
चुक्ता पुँजी ७ अर्ब १ करोड रहेको यो बैंकसँग जगेडा कोषमा ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यो बैंकको पुँजी कोष १४.१० प्रतिशत, खराब कर्जा अनुपात ३.५३ प्रतिशत, सीसीडी रेसियो ७८.२१ प्रतिशत रहेको छ । यसको आधार दर १०.८७ प्रतिशत र प्रति शेयर आम्दानी २१ रुपैयाँ १२ पैसा रहेको छ ।