आरबी हाईड्रोको सेयर विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल |
काठमाडौं । युनाईटेड इदी–मर्दी एण्ड आरबी हाईड्रोपावरले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । हाईड्रोपावरले १० लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नका लागि क्यापिटललाई नियुक्त गरेको हो ।
हाईड्रोपावरले सर्वसाधारण तथा स्थानीयको लागि १० करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको छ । सेयरको मूल्य भने प्रति कित्ता १ सय रहने हाईड्रोपावरले जानकारी दिएको छ ।
उक्त सेयर निष्काशनका लागि हाईड्रोपावरका कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ र ग्लोबल आइएमई क्यापीटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले करिब ७ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने उक्त आयोजनाको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । साथै कम्पनीले चालु आर्थिक वर्ष भित्रै विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।