आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । कम्पनीका सूदुर पश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सीना र बैंकका प्रमुख कार्यकारी अधिकृत विरु राम जैशीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।
सम्झौता पछि सर्वसाधारण तथा बैंकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू संचालनमा ल्याएको छ ।