फेब्रअरी २७ मा ट्रम्प–किम दोस्रो शिखर वार्ता |

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबिच यसै महिना भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले किम सँगको दोस्रो वार्ता यसै महिनामा हुने घोषणा गरेका छन् ।
ट्रम्पले यही फेब्रअरी २७ र २८ तारिखमा भियतनाममा किमसँग भेटवार्ता हुने जानकारी दिएका हुन । यो भेटवार्ता पनि परमाणु हतियार निःशस्त्रीकरणमा केन्द्रित हुने छ । यसअघि पहिलो भेटवार्ता सिंगापुरमा भएको थियो । उक्त भेटमा कोरियाली प्रायद्वीपमा परमाणु हतियार मुक्त गर्ने र त्यसका लागि उत्तर कोरियालीले हतियार प्रयोग र परीक्षण बन्द गर्ने सहमति भएको थियो ।
यो सहमतिसँगै अमेरिकाले उत्तर कोरियामा लगाउँदै आएको आर्थिक नाकाबन्दी हटाइएको थियो । तर, उत्तर कोरियाले सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै अमेरिकाले नाकाबन्दी कायमै राखेको छ ।