नेपाल बैंगलादेश बैंकको नाफा ६१ करोड, निक्षेप संकलन ५२ अर्ब ४७ करोड |
काठमाडौं । नेपाल बैंगलादेश बैंक लिमिटेडल चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको सोही अवधिमा ४३ करोड ८० लाख मात्रै रहेको बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकले गत पुस सम्ममा व्याज आम्दानीबाट ३ अर्ब २४ करोड र यसवापटको व्याज खर्च १ अर्ब ८४ करोड गरेको छ । बैंकको यो अवधिसम्मको खुँद व्याज आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
यो बैंकको चालू आवको दोस्रो त्रैमाससम्मको निक्षेप संकलन ५२ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । यो अवधिम बैंकले ५१ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गरेको छ । यसले गत वर्ष ४१ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । चुक्ता पुँजी ८ अर्ब ८ करोड रहेको यो बैंकसँग जगेडा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।
यो बैंकको पुँजी कोष १२.३५ प्रतिशत, खराब कर्जा अनुपात १.७८ प्रतिशत, सीसीडी रेसियो ७७.२९ प्रतिशत रहेको छ । यसको आधार दर १०.८२ प्रतिशत र प्रति शेयर आम्दानी १९ रुपैयाँ ६२ पैसा रहेको छ ।