लक्ष्मी बैंकको हाँडीगाउँ र पेप्सिकोलामा नयाँ शाखा |
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा हिजो काठमाडौं उपत्यका भित्र थप दुई शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको हाँडिगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएकोे हो । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमालगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुका बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।
शाखा विस्तार सँगै बैंकले ग्राहकहरु लाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभव लाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ६२ शाखाहरु मार्फत विभिन्न जिल्लाहरुमा हाल कूल रु. ३ अर्बभन्दा माथिको लघुकर्जा सुविधा प्रदान गरेको छ ।
साथै बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सन् २००९ देखि नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई विभिन्न मर्चेन्ट बैंकिंग सेवाहरु सञ्चालन गर्नुका साथै बैंकको प्रवद्र्धनमा लक्ष्मीभ्यालु फण्ड १ र लक्ष्मी इक्विटि फण्ड नामक म्युचुअल फण्ड योजनाहरु सञ्चालनमा ल्याएको छ ।
आर्थिक वर्ष २०७४ ⁄ ७५ मा रु. ६७ं.७४ अर्ब निक्षेप र रु. ६२ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु. ८१ अर्ब रहेको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् ।