नेपाल इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद निष्काशन गर्दै, बुक क्लोज माघ २७ गतेदेखि |
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ६५ प्रतिशत हकप्रद शेयरका लागि बुक क्लोजको मिति तोकिएको हो । कम्पनीले संचालक समितिको बैठकबाट चुक्रा पुँजीको ६५ प्रतिशत अर्थात १ बराबर शुन्य दशमलव ६५ को अनुपातमा ४० करोड १४ लाख रुपैयाँको हकप्रद विक्री गर्ने भएको हो ।
हकप्रद शेयर निष्काशन लागि माघ २७ गतेदेखि २९ गतेसम्म ३ दिनका लागि शेयर दाखिला बन्द गरिएको हो । उक्त हकप्रद शेयर माघ २४ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछ ।
हाल ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको चुक्ता पुँजी रहेको छ भने हकप्रद पछि कम्पनीको चुक्रा पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १४८ रुपैयाँ पुग्नेछ । जसको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।