महिन्द्रा वाईयूभीओ ४१५ डीआई ट्रेक्टर सार्वजनिक |

चितवन । चितवनको भरतपुरमा संचालित ʽतेस्रो एग्रोेटेक अन्तरराष्ट्रीय प्रदर्शनी २०१९ʼ मा महिन्द्रा वाईयूभीओ ४१५ डीआईको लन्च गरिएको छ । एक कार्यक्रमका बिच कृषि मन्त्रि दावा दोर्जेले उक्त ट्रेक्टरको लन्च गरेका हुन ।

नयाँ युगको एस महिन्द्रा वाईयूभीओ ४१५ डीआई एक ट्रेक्टर हो । जस्ले खेतीमा नयाँ संभावनाहरु खोल्नेछ । यसमा प्रयोग भएको नयाँ प्रबिधिहरु जस्तै शक्तिशाली ४ सिलिन्डर इन्जिन, नयाँ विशेषता भएको ट्रान्समिसन तथा हाइड्रोलिक्सले एसको गुणस्तरता सुनिस्चित गर्दछ ।

महिन्द्रा वाईयूभीओ ४१५ डीआईमा भएको ऊच्च लिफ्ट क्षमता, समायोज्य डिलक्स सिट, स्पष्ट लेन्स हेडलाइट्स जस्ता उत्कृष्ट सुविधाहरूले यस ट्रेक्टरलाई अरु भन्दा भिन्न र उत्कृस्ट बनाएको छ । हरेक व्यक्तिको विभिन्न आवस्यकता लाई ध्यानमा राखी बनाईएको एस महिन्द्रा वाईयूभीओ ४१५ डीआईले ३० भन्दा बढी कार्यहरु गर्न सक्छ ।