सनराइज बैंकले एक अर्बको ऋणपत्र जारी गर्दै, हेरौ ब्याजदर कस्तो छ ? |
काठमाडौं । सनराइज बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र विक्री गर्न नियामक धितोपत्र बोर्डमा माघ १३ गते निवेदन दिएको छ ।
सनराइज बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको ʽ१०५ सनराइज डिबेञ्चर २०८०ʼ निष्काशनको लागि अनुमति मागेको हो । ऋणपत्र विक्री गर्न प्रभु क्यापिटललाई विक्री प्रबन्धक तोकिएको छ ।
बैंकले जारी गर्ने १० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणका लागि विक्रीमा आउनेछ भने ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तवरले विक्री हुनेछ ।
यसअघि कूल निष्काशनको २० प्रतिशत मात्र सर्वसाधारणमा विक्रीमा आउने गरेकोमा मुद्रा तथा पूँजी बजार कार्यदलले दिएको सुझावका आधारमा धितोपत्र बोर्डले हाल ४० प्रतिशत पुर्याएको हो ।
पछिल्लो समय उच्च कर्जाको मागका कारण लगानीयोग्य तरलता रकम अभावका कारणले बैंकहरुले पूँजी प्रयाप्तता अनुपात बढाउन तथा व्यसाय विस्तारका लागि ऋणपत्रलाई बैकल्पिक औजारको रुपमा प्रयोग गर्न थालेका छन् ।